पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ पूर्जी जारी

Hollywood Khabar September 24,2018 Comments

९ असोज, रौतहट।समयमै पुल निर्माणको काम नसक्दा पाँच जनाको ज्यान गएको भन्दै जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।पप्पु कन्सट्रक्सनले ठेक्का पाएको रौतहटको लाल बकैया नदीमा निर्माधीन पुलमा ठोक्किएर भदौ ९ गते डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई रौनियार बोलाइएपनि अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।