-NRNA ICC VP Kumar Pant, Running for the office of the President for 2019-2021 Term

NRNA:क्यानाडामा आयोजित अन्तरक्रियामा उपाध्यक्ष पन्त बिशेष अतिथि

Hollywood Khabar June 14,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१५/१९

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको अन्तराष्ट्रिय दौडाहा द्रुत गतिमा हुँदै छ।

गत महिना अमेरिका आएका पन्तले आफ्नो बाटो चौडा गरेर फर्केका थिए। त्यसपछि यूरोप पुगे, बेलायत पुगे। बेलायतमा नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीको भ्रमणलाइ साथ दिए। त्यहाँबाट सोझै जापानमा आयोजित नेपालको पर्यटन प्रबर्धनमा सहभागी हुन पुगेका उपाध्यक्ष पन्त तुरुन्तै क्यानाडा पुग्ने भएका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाको आयोजनामा हुने एक अन्तरक्रियामा भाग लिन उपाध्यक्ष पन्त क्यानाडा जाने भएका हुन्। उनले हलिउडखबरलाइ आफू क्यानाडा जाने कुरा पक्का भएको बताएका हुन्।

थप जानकारीको लागि सो कार्यक्रमबारे एनआरएनए एनसीसी क्यानाडाद्वारा जारि गरिएको सूचना यहाँ पोष्ट गरिएको छ:

आदरणीय एनआरएनए एनसीसी क्यानडाका आजीवन सदस्यहरू, साधारण सदस्यहरू, नेपाली समुदायका संस्था पदाधिकारीज्युहरु, सल्लाहकार, ब्यवसायी, पत्रकारहरु, शुभचिन्तकहरु तथा क्यानडाबासी सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु

नमस्कार;

एनआरएनए एनसीसी क्यानडाको आयोजना र बृहतर टोरोन्टो क्षेत्रका नेपाली सामुदायिक संघ संस्थाहरूको सहभागितामा यही आउदो जुन २२, २०१९ मा क्यानडाका लागि नेपाली राजदूत महामहिम भृगु ढुंगाना तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष्य कुमार पन्तको स्वागत र साथमा क्यानाडियन नेपाली डायसफोराका बर्तमान समसामयिक विषयमा विचार, विमर्श, अन्तरक्रिया कार्यक्रम हुन् गहिरहेको सहस्र जानकारी गराउदछौं।

नेपाली समुदायका बुद्धिजीवि, भद्रमहिला, संस्था पदाधिकारी र सल्लाहकार, ब्यवसायी एबम पत्रकारहरुलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रम सफल बनाउनका लागि उपस्थिति भइ दिनु हुन् हार्दिक अनुरोध गर्दछौं ।