-रघुवीर महासेठ

राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउछौं -मन्त्री महासेठ

Hollywood Khabar February 12,2019 Comments

२ फागुन,काठमाडौं।भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले नेपालको राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताएका छन्।ललितपुरको एकान्तकुनामा स्थापना गरिएको नेपाल पानीजहाज कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महासेठले सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै प्रधानमन्त्रीकाे निर्देशनमा कार्यालय स्थापना गरिएको बताए।मन्त्री महासेठले नेपाल जस्ताे भुपरिवेष्टित राष्ट्रका लागि गाैरवकाे कुरा भएको भन्दै प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर गिज्याउँदा झन् काम गर्ने जोश आएको बताए ।