https://www.youtube.com/embed/tQm046IeGaA

बदिनी महिला र पण्डितको सम्बन्ध-पण्डित बाजेको लौरी

Hollywood Khabar July 09,2018 Comments

बदिनी महिला र पण्डितविच हुने सम्बन्धको कथा बोकेको‘पण्डित बाजेको लौरी’साउनको ४ गतेबाट बजारमा आउने भएको छ। निर्देशक दीपक ओलीको निर्देशन गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’ अधृत फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो।थमनकुमार भण्डारी र किशोर खड्काले बनाएको‘पण्डित बाजेको लौरी’ चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदिप अधिकारीको मुख्य भूमिका छ।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी छ । श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठ चलचित्रका संगीतकार हुन् । चलचित्रको ट्रेलर, गीत सार्वजनिक भएपछि पोष्टर पनि सार्वजनिक गरिएको छ। जसमा, पण्डित बाजे बनेका प्रविन खतिवडालाई मात्र देखाइएको छ ।