-NRNA NCC USA:पशुपति पाण्डेले महासचिव उम्मेद्धार

NRNA NCC USA:पशुपति पाण्डेले गरे महासचिवमा उम्मेद्धारी दर्ता

Hollywood Khabar April 19,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा पशुपति पाण्डेले महासचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

पाण्डे वाशिंगटन स्टेटको सियाटलमा बस्दै आएका छन्। पेशाले उनी सिभिल इन्जिनियर हुन्। राजनीति र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय पाण्डे यो पटक संघको एनसीसी अमेरिकाको महासचिवका दावेदार भएका छन्।

पाण्डेले यस्ता संस्थागत प्रशासनिक पदिय जिम्मेवारी थुप्रै पटक पुरा गरेको कुरा बताए। आफ्नो कार्यकालमा एनसीसी अमेरिका सम्पूर्ण नेपाली अमेरिकन समुदाय, सदस्य र नेपाली संस्कृतिसंग जोडिएका अन्य समुदायहरुसँग पनि नजिक रहेर काम गर्ने कुरा हलिउडखबरसँग बताएका छन्।

आफ्नो पालामा महासचिवको जुन काम छ त्यसमा खरो उत्रेर उत्कृष्ट स्कोर कायम गर्न आफू प्रतिबद्धता रहेको कुरा पनि हलिउडखबरसँग बताए।