नेपाली पन्चै बाजा

जहाँ रहे पनि माया नेपालीको, हराएको पन्चे बाजा अमेरिकामा घन्कियो

Hollywood Khabar October 10,2018 Comments

नेपाली महिला बिश्वसंन्जाल (NWGN) लस एन्जलस च्याप्टरका महिलाहरूले जहाँ रहे पनि आफ्नै देश र भेषको मायाँ नेपालकै भन्ने कुरालाई सहि सावित गरेका छन्।

यस संस्थाले पनि संन्सारभर छरिएर बसेका महिलाहरू एकत्रित भई हातेमालो गर्ने हिसाबले NWGN मा आबद्द भएर आफ्नो भेष-भुषा, कला संस्कृति र संस्कारलाई अंगाली बिभीन्न कार्यक्रममा गर्दै आएको छ।

यस्तै परिप्रेक्षमा कला संस्कृति जोगाऔ भन्ने हेतुले नेपाली पन्चै बाजाको ब्यवस्थापन गरि महिलाहरूले नै यसको संरक्षण गर्नुपर्छ भन्ने तयारिमा बसेका छन्। बाजा र पहिरन तयार भयो अनि बाजा बजाउन समेत सुरु भएको छ। बिस्तारै यो सांस्कृति पाटोले व्यवसायिकता समेत पाउने भन्ने विश्वास छ यी महिलाहरुलाई।