-वेदान्तको अर्थमा काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नुलाइ पन्चबली भनिन्छ-भुवन गुरु

वेदान्तको अर्थमा काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नुलाइ पन्चबली भनिन्छ

Hollywood Khabar October 02,2019 Comments

व्यासाचार्य भुवन गुरु/१०/३/१९

या देवि सर्वभुतेशु मातृरुपेण संस्थिता ! नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:!!

हे देवि! हजुर सम्पुर्ण धरातलमा रहेका चर अचर जगतका प्राणिहरुकी आमा हुनुहुन्छ, यस्ती स्वरुप जननिलाइ बारम्बार नमन छ। यो श्लोक दुर्गा सप्तशतीको हो सारा शास्त्रहरुको सबैभन्दा देविलाइ खुशी तुल्याउने स्तुती हो। यसबाट पनि यो प्रमाण हुन्छ कि दुर्गा कस्ति हुनुहुन्छ भन्ने।

यति करुणाकि खानि, दयाकी दानी जननीको नाममा कहिले देखि पशुबली जस्तो जघन्य अपराधी कु-प्रथा नेपालमा भित्र्याइयो ? हो शास्त्रमा पन्चबलीको व्याख्या गरिएको छ। परन्तु कुनै प्राणिहरुको बारेमा होइन पशुबलि भनेर बताइएको छ। तर त्यसको अर्थ चार खुट्टाले टेक्ने घाँस खाने जिवको होइन। त्यो घाँस खाने पशु हामीमै छ। जसले कुकर्म गर्छ, चोरी डकैती हत्या गर्ने परनिन्दा परचुक्ली लगाउने, लोभ डाहा ईर्ष्या गर्दछ। त्यस्तालाई कस्तो पशु रहिछ भन्छौं नि हामिहरुले। हो त्यही हो पशु भनेको।

कसैकसैले पन्चबली भनेको बोका, रागो, भेडा, कुखुरो र हास हो भनेका छन्। अनि यिनैलाइ बलि चढाउँछन। तर शास्त्र, वेदान्तको अर्थमा कामरुपि बोका, क्रोधरुपि रागो, लोभरुपी भेडा, मोहरुपी कुखुरो र ईष्र्यारुपि हाँस जस्ता भावना त्याग्नु हो। यसैलाई बली भनिन्छ, वलिको अर्थ त्याग्नु हुन्छ।

गितामा भगवान श्रीकृष्णजिले भन्नुभएको छ, अहिंसा सत्यमक्रोधस्त्याग:शान्तिर पैशुन! दया भुत्येस्वलोलुप्त्वममार्दवम ह्यरचापलम!!

अहिंसा सत्यता क्रोधहिन शान्त र अज्ञानरहित भै प्राणीमाथि दया गर्ने। साथै इन्द्रियदमन गर्नेलाई असली मानव भनिन्छ। मानव र दानव स्वभाव र कर्मले बन्ने हो, जातले होइन। जिवहिंसालाइ गितामा पनि शास्त्र विरोधी मानिएको छ। बिष्णुपुराणमा पनि भगवान श्रीबिष्णुजिले भन्नुभएको छ।

यावन्ति पशुरोमणी तावत तिस्ठन्ती नारके ! वृथा मरणमवाप्नोती प्रेत:जन्मनी जन्मनि !

जसले पशुबध गर्छ, मारिएको पशुको शरीरमा जति संख्यामा रौ छ त्यति नै वर्ष नरकभोग गर्नुपर्दछ। शास्त्र अनुसार आठ प्रकारका हिंसा हुन्छ्न। अनुमन्ता, विशसिता, निहन्ता, क्रयविक्रय, संकर्ता, चोपहर्ता च खादकाश्चास्ट घातका।

१ काटनलाइ अनुमती दिने

२ पशु काटन भनी डोर्‍याउने

३ पशुको शिर हतियारद्वारा काटने

४ मासु किनेर घरमा ल्याउने

५ मासुको व्यापार गर्ने वेच्ने

६ मासुको हाड छाला केलाउने

७ मासु पकाएर अरुलाइ खान दिने

८ मासाहार ग्रहण गर्ने

पुत्रमासोयम जानन खादेत योविचक्षण:! मासे मोह समायुक्त:पुरुष सो$धर्म:स्मृत:!! हाम्रा शास्त्रहरुमा सबै प्राणीहरुप्रति दया राख्नु बन्धुत्व भावार्पण गर्नु आफुले पालेर राखेका जिवहरुलाइ पुत्र संझनु भनेर बताइएको छ।

मासु छाडनेलाइ के फाइदा हुन्छ?

यो यजेताश्व मेधेन मासी मासी यतब्रत:!वजं यन्मधु मासं च सममेतद युधिस्ठिर:!!

नारदजिले युधिस्ठिरलाइ भन्नुहुन्छ, जसले मासाहार त्याग गर्दछ, उसलाइ सुन्दरता पुर्णाङ्गतापुर्ण आयु, उत्तम बुद्धि, सत्वबल, स्मरणशक्ति जस्ता तेजको वृद्धि हुन्छ। पन्चबली भनेको पन्चतत्वले बनेको शरीर सतकर्ममा शभक्ती सहित अर्पण गर्नु हो।

कुश्माण्ड कर्कटी क्षुदण्डादि बेलानी च। अर्थात, कुभिण्डो, काक्रो, उखु, मुला र बेललाइ काम क्रोध लोभ मोह र ईष्र्याको प्रतिकको रुपमा स्मरण गरि दुर्गा चरणमा अर्पण गर्नु। प्रार्थना गर्नु, हे देवि ! अबदेखि मेरो अन्त:करणमा यस्ता नराम्रा कलुशित भावना जागृत नहोस, म हजुरशीत बारम्बार यहि शक्ति माग्दछु। यो भावलाइ अर्पण गर्नुलाइ पन्चबली भनिन्छ।

बुद्धमार्गिहरुको पवित्र शास्त्रमा धम्मपदमा बताइएको छ। यो न कायेन वाचाय मनसा च नहिंशती! सेवे अहिंशको होति या परं न विहिंशती!! तेन अरियो होति येन पाणानी हिंशती! अहिंसा सन्व पाणानाम अरियोती पबुच्यती!! प्राणीहत्या गर्ने कहिल्यै पनि आर्य हुँदैन। हिंसा गर्ने अनार्य कसाइ कहलिन्छ।

लामा गुरुहरु पनि त्यही भन्नुहुन्छ। थेङने स्योक च्योत मिज्या सिङ! छ्याङनी योङसु पङ बर्झ्या!! प्राणीहत्या नगर्नु, जाड रक्सी नखानु नै वास्तवमा धर्म हो।