- रिहा भएका पत्रकार

प्रहरीले पक्राउ गरेका ९ जना पत्रकार रिहा भए

Hollywood Khabar September 15,2019 Comments

३०,भाद्र,काठमाडौं ।सिंहदरवारस्थित  रेडियो नेपालको कार्यलय परिसरबाट प्रहरीले पक्राउ गरेका ९ जना पत्रकार रिहा भएका छन्। रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेपछि रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने निर्धारित कार्यक्रम अनुसार  कार्यलय अघि पुगेका पत्रकारहरुलाई  प्रहरीले  सोमबार  पक्राउ  गरेको थियो ।

प्रहरीले  नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीव जैशी, मिन बम, यम विरही,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल,पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर,  नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष मिन जोशीलाई   पक्राउ गरेको थियो । 

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।