-पहिरो,जीप

पहिरोले जीप पुरिंदा एक जनाको मृत्यु ,४ जना घाइते 

Hollywood Khabar September 12,2019 Comments

२७ भाद्र,पाल्पा।सिद्धार्थ राजमार्गको बुटवल–सिद्धबाबा सडक खण्डमा पहिरोले दुई जीप पुरिंदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।शुक्रबार विहान बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट तर्फबाट वुटबल आउँदै गरेको लु २ ख ५९३८ नम्बरको स्कोरपियो पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका जानकारी दिएको छ ।पहिरोमा पुरिएर मृत्यु हुनेमा जीप चालक रुपन्देहीका २६ वर्षीय कमल परियार रहेको प्रहरीले जनाएको छ ।