Nepal Army Team-Physical Agility and Combat Efficiency System

दोस्रो अन्तर्राष्ट्रिय शारीरिक (PACES) प्रतियोगितामा भाग लिई नेपाली सेनाको टोली स्वदेश फिर्ता

Hollywood Khabar October 16,2018 Comments

मित्रराष्ट्र पाकिस्तानको लाहोरमा २०७५ असोज २२-२९ गतेसम्म संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय Physical Agility and Combat Efficiency System (PACES) प्रतियोगितामा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा नेपाली सेनाको तर्फबाट अधिकृतको कमाण्डमा गएको टोलीले तेस्रो स्थान जित्न सफल भई कांस्य पदक हासिल गरेको छ। त्यसपछि सेनाको टोली असोज ३१ गते स्वदेश फिर्ता भएको छ कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्ति मार्फत जनाएको छ।

उक्त प्रतियोगितामा भाग लिन नेपाली सेनाको १२ जनाको टोली असोज १८ गते मित्रराष्ट्र पाकिस्तानको लाहोर तर्फ प्रस्थान गरेको थियो। सो प्रतियोतिमा विभिन्न १२ राष्ट्रहरुका ३३ सैनिक टोलीहरुको सहभागीता रहेको थियो। स्वदेश फिर्ता भएको नेपाली सैनिक टोलीलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको कुरा बिज्ञप्तिमा उल्लेख छ।