-तस्बिर वेब

अर्को बर्ष वृद्धभत्ता यसपालीको क्षतिपूर्तिसहित बढाउँछौं:अध्यक्ष दाहाल

Hollywood Khabar December 10,2018 Comments

२५ मंसीर पोखरा कास्की। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन्।शान्ति स्मारक अनावरण गर्न कास्कीको सिक्लेस आएका उनले पत्रकार सम्मेलनमा यसवर्ष नबढेको क्षतिपूर्तिसहित बृद्धभत्ता बढ्ने बताएका हुन्।‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ,’उनले भने,‘घोषणपत्रमा गरिएको संकल्प अनुसार काम हुन्छ।’

उनले भारतसँग ४ हवाई नाका, चीनसँग ४ बन्दरगाह, रेल लगायतका उपलब्धिले नेपालको परिभाषा नै फेरिएको उल्लेख गरे।साथै प्रचण्डले जन्मस्थान कास्कीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेपनि चुनावचाहिँ चितवनबाटै लड्ने बताए।‘म ८ बर्षको उमेरमा हाम्रो परिवार चितवन झर्योस’ प्रचण्डले भने,‘तर ८ बर्ष अगाडि भएका घटनाले मान्छेलाई बयस्कसम्म प्रभावित पारिरहन्छ भनिन्छ, त्यस हिसावले कास्कीसँग मेरो निकै गहिरो सम्बन्ध छ।’उनले भने, ‘तर, यति हुँदाहुँदै पनि अहिलेसम्म मैले कास्कीबाट चुनाव लड्ने विषयमा सोचेको छैन् । मेरो निर्वाचन क्षेत्र चितवन नै हुन्छ ।’