ओस्कारको बेष्ट पिक्चर अवार्ड पहिलो पटक कोरियन भाषाको फिल्मलाई

ओस्कारको बेष्ट पिक्चर अवार्ड पहिलो पटक कोरियन भाषाको फिल्मलाई

Hollywood Khabar February 09,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१०/२०

ओस्कार अवार्डको ९२ बर्ष लामो इतिहासमा बेष्ट पिक्चर अवार्ड पहिलो पटक कोरियन प्यारासाइट फिल्मलाई प्रदान गरिएको छ।

एबिसी न्यूजका अनुसार फेब्रुअरी ९, २०२० मा आयोजित ओस्कार अवार्ड २०२० मा कोरियन भाषाको प्यारासाइट फिल्मलाइ बेष्ट पिक्चर अवार्ड प्रदान गरिएको हो। ओस्कार अवार्डको ९२ बर्षको लामो इतिहासमा पहिलो पटक बैदेशिक भाषाको फिल्मलाइ बेष्ट पिक्चर अवार्ड प्रदान गरिएको पहिलो रेकर्ड हो।

अमेरिकाको फिल्मी महानगरी हलिउड, क्यालिफोर्निया राज्यको लस एन्जलसमा आयोजित ओक्कार अवार्डमा सो बेष्ट एकाडेमिक पिक्चर अवार्ड प्रदान गरिएको हो। यसका साथै कोरियन भाषाको प्यारासाइट फिल्मले अन्य ३ थप बेष्ट पिक्चर अवार्ड समेत हात पारेको कुरा एबिसी न्यूजले उल्लेख गरेको छ।