-एनआरएनए अमेरिका:ओरेगन राज्य च्याप्टर निर्बिरोध, अध्यक्षमा लक्ष्मण दर्लामी

एनआरएनए अमेरिका:ओरेगन राज्य च्याप्टर निर्बिरोध, अध्यक्षमा लक्ष्मण दर्लामी

Hollywood Khabar April 25,2021 Comments

हलिउडखबर, अप्रिल २६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा ओरेगन राज्य च्याप्टर अध्यक्ष पदका उम्मेदवार लक्ष्मण दर्लामी निर्बिरोध निर्वाचित भएका छन्।

ललितपुर जिल्लामा जन्मे हुर्केका दर्लामीले अमृत साइन्स कजेलबाट आइएस्सी, पाटनमा मल्टिपल क्याम्पसमा बिबिएस गर्दागर्दै डिभि लोटरी परेर अमेरिका आएका दर्लामी ओरेगनमा बस्दै आएका छन्।

२००१ मा अमेरिका आएका दर्लामीले सुरुका ४/५ वर्ष आफ्नै ब्यबसाय गरेका थिए। पछि आइटीमा ग्राजुएट भएपछि भने आइटीकै सिनियर डाटा एनालिष्ट भएर काम गर्दै आएका छन्। २०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेका दर्लामी २०१९ देखि भने ओरेगन राज्य च्याप्टरको सचिव भएर काम गर्दै आएका छन्।

यो पटक लक्षमण दर्लामी अध्यक्षका लागि उम्मेदवार भएका हुन्। एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगबाट अप्रिल २५, २०२१ मा प्रकाशित उम्मेद्वारहरुको पहिलो लिष्ट अनुसार उनको बिरुद्धमा अरु कुनै उम्मेदवारी नपरेकाले दर्लामी निर्बिरोध निर्वाचित भएका हुन्। यति मात्र होइन उनको सिंगो ओरेगन राज्य च्याप्टरको नेतृत्व टिम नै निर्बिरोध निर्वाचित भएको छ। तर निर्वाचन आयोगबाट यसको आधिकारिक सूचना/घोषणा आउन बाँकी छ।

  1. अध्यक्ष-लक्ष्मण दर्लामी
  2. उपाध्यक्ष-निरंजन श्रेष्ठ
  3. सचिव-अलिशा कार्की मिचेल
  4. कोषाध्यक्ष-कमल कुमार श्रेष्ठ
  5. महिला संयोजक-सेल्बा ताम्राकार
  6. बोर्ड सदस्य-बिरेन्द्र थापा
  7. बोर्ड सदस्य-चन्द्र प्रसाद अंगाइ
  8. बोर्ड सदस्य-जाड०बु शेर्पा
  9. बोर्ड सदस्य-किरण अधिकारी
  10. बोर्ड सदस्य-पदम जंग थापा
  11. बोर्ड सदस्य-तारा कार्की