-अनलाइन साहित्यिक सम्मेलन सम्पन्न

अनलाइन साहित्यिक सम्मेलन सम्पन्न

Hollywood Khabar March 30,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको पहिलो अनलाइन साहित्यिक सम्मेलन मार्च २९ तारिक आइतबार सम्पन्न भयाे ।

एनआरएन एनसिसि युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेद्वारा स्वागत गरी सुभारम्भ भएकाे कार्यक्रमकाे संचालन समितिका उपाध्यक्ष पीपलमणि सिग्देलले गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रा. पीताम्बर दाहालले छन्द कविता, दिनबन्धु पाखरेलले कविता, सर्वज्ञ वाग्लेले कविता, शान्ता अधिकारीले गजल, राजेन्द्र खनालले कविता, बासु पुष्प अधिकारीले गजल, केशव ज्ञवालीले कविता, सतिश त्रिपाठीले गजल, गीता बजगाईंले कविता कृष्ण गिरीले कविता, बाबु आचार्यले गजल, रमा खतिवडाले गजल, डिल्लीराम उपाध्याले कविता, राजेन्द्र कार्कीले कविता, सुनिता बस्नेत थापाले कविता, हरिहर दाहालले कविता तथा पीपलमणि सिग्देलले छन्द कविता समेत गरी सहभागीहरुले आ-आफ्ना रचना सुनाउनुभएकाे थियाे ।

अधिकांश कविता तथा गजल समसामयिक विषयमा सुनाइएका थिए । काेराेना भाइरसकाे त्रास, कारण तथा बच्ने उपाय र सुझावका विषयमा पनि रचनाहरु बाेलेका थिए । हरेक महिनाकाे अन्तिम आइतबार अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमाेजिम याे पहिलाे कार्यक्रम थियाे ।

समितिका संयाेजक सर्वज्ञ वाग्लेकाे अध्यक्षतामा केही हप्ता पहिले बसेकाे बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएकाे थियाे । साे बैठकमा समितिका उपसंयाेजकहरु पीपलमणि सिग्देल र डा. ईश्वरी पाण्डे तथा सतिश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमाेहन तिवारी, रमा खतिवडालगायतका सदस्यहरुकाे सहभागिता रहेको थियो ।

साे पहिलो बैठकमा उपसंयाेजक तथा सदस्यहरुले पनि भावी याेजनाका विषयमा आ-आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेकाे छ। त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुकाे डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएकाे थियाे । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएकाे थियाे ।