https://www.youtube.com/embed/n6OCuEfR09E

-नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न, एनआरएन एनसीसी अमेरिकाले निरंतरता दिनसक्ने

नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न, एनआरएन एनसीसी अमेरिकाले निरंतरता दिनसक्ने

Hollywood Khabar October 24,2020 Comments

नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रम सम्पन्न भएको छ। अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) मा सुरु भएको कार्यक्रम करिब एक घण्टा १९ मिनेट सम्म संचालन भयो।इतिहासमा नै पहिलो पटक सुरु गरिएको अनलाइन शुभकामना र्याली भब्य रुपमा सम्पन्न भएको छ।

हाम्रो नेपाली समाज राजनीति, संघ-संस्थाका चुनाव र अन्य कारणले गर्दा धेरै विभाजित भयो। आपसमा यो कठिन कोरोनाको महामारीमा पनि कतिले सहयोग गर्न सक्यौं कतिले सकेनौं। त्यसमा हामीले आपसी रुपमा थुप्रै विभाजन ल्याएर कित्ताकाट गर्यौं। अब अति भयो, हामी हाम्रो नेपाली धर्म, संस्कृति र परंपराको जगेर्ना गर्न मर्दाको मलामी र जिउँदाको जन्ती भन्ने कुरा चरितार्थ गर्नको लागि हलिउडखबरले आपसमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो।

जुमबाट संचालन भएको शुभकामना आदान प्रदान कार्यक्रम बैद्धिक परंपरा अनुसार मंगलाचरणबाट सुरु भएको थियो। बैद्धिक मन्त्रपाठको सो मंगलाचरण: गुरु चुणामणि पाठकले गर्नु भएको थियो। त्यसपछि उपस्थित सबैले आफूले तयार परि ल्याएको चिया टोस्ट गरेर शुभकामना संदेश दिने काम भयो। यसैलाई संचालको ब्याख्या अनुसार जुम चियापान भनियो। वाताबमा कार्यक्रमलाइ अनलाइन चियापान थप्ने बिचार भने भक्त थापाको थियो।

बिचमा ब्यङ्ग कवि अर्जुन राज पन्तले बलिप्रथाको मार्मिक कविता वाचन गरे।हास्य प्रस्तुतकर्ता अर्जुन दाहालले जुमेडी प्रस्तुति गरेका थिए। जुममा कमेडी भएकोले यसलाई आयोजकबाट जुमेडीको नाम दिइएको हो। त्यसपछि आपसी शुभकामना दिने क्रम चलेको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको उपाध्यक्ष रविना थापा, गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनिल साह, बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जीबी पन्थ, बुद्दि सुबेदी र महिला संयोजक दीक्षा बस्नेत समेत कार्यक्रममा शुभकामना तिनको लागि उपस्थित थिए।

त्यसैगरी नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्षहरु इश्वोर सापकोटा, प्रतिक पाण्डे, महासचिव सुवास घिमिरे, केन्द्रिय सदस्य श्रीराम थापा, सल्लाहकार भक्त थापा, लङ्ग आइल्याण्ड च्याप्टर सभापति विश्व वास्तोला, नेपाली जनसम्पर्क समतिको दोश्रो पटक (जापानबाट) स्थापना गर्ने मध्यका नारायण थापाको समेत उपस्थिति रहेको थियो।

त्यसैगरी प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व परिषद अमेरिकाका पुर्व बोर्ड सदस्य संजय थापा, भुवानेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो।

सान फ्रान्सिस्को बे एरियाका दर्जनौ व्यक्तिहरुको उपस्थित रहेको सो अनलाइन कार्यक्रमलाइ सबैले प्रसंसा गरे। यसको सुरुवात सबैलाई नेपाली जाति भन्ने नयाँ शब्दबात गरिएको थियो जसलाई सबैले मन पराए। शुक्रबारको कार्यक्रम भएकोले आफू उपस्थ्ति हुन नसको जानकारी पठाए भने कतिपयको कार्यक्रम जुधेकोले बिचमा निस्किए।

कार्यक्रमपछि आयोजकसँग कुरा गर्दै अर्को बर्ष देखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले यो कार्यक्रमको निरंतरता दिन आफू तयार रहेको कुरा अध्यक्ष सुनिल साहले बताए। आगामी बैठकपछि यो कार्यक्रम सम्पूर्ण नेपाली जातिलाई एउटा सुत्रमा ल्याउन सहयोगी हुने हुनाले कार्यक्रम आफूहरुले निरंतारता दिने इच्छा रहेको उनले बताए। तर थप कुरा बैठक र छलफलपछि जानकारी दिने समेत अध्यक्ष साहले बताए। यदि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले यसलाई निरंतरता दिन्छ भने अमेरिकाका लागि महामहिम राजदूतको उपस्थितिमा गर्न सुझाव गरिएको छ।