प्रवासी नेपाली मंच अमेरिकाको दोस्रो अधिवेसन: ओली प्रमुख अथिति

Hollywood Khabar February 04,2017 Comments

ओमकार केसी/अर्भिंग,टेक्सास
प्रवासी नेपाली मंच ONF अमेरिकाको दोस्रो अधिवेसन को तयारि स्वारुप प्रचार प्रसार समिति संयोजक कमल ओझाद्वारा टेक्सासको डालासमा एक पत्रकार सम्मेलन गरेको छ।  

कार्यक्रममा संस्थाका अध्यक्ष/संयोजक संजय थापा, संकर पन्त, टेक गुरुङ, टेकराज पौडेल, गोपाल कडेल, प्रिती सगर खत्री, जनक राना, गोकर्ण दाहाल, जीवन जोशी, भिम कार्की, यमुना भट्टराई, बिजय भट्टराई, नन्द रेग्मी, देबी पाण्डे लगायतका नेताहरुको उपस्थित रहेको थियो।

अधिवेसन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म चल्ने छ। सो अधिवेसनलाई पुर्वप्रम केपी शर्मा ओलीले प्रमुख अतिथिको रुपमा उदघाटन गर्ने कुरा जनाकारी गरिएको। अधिवेसन अधिवेसन मार्च ३१ मा खुल्ला कार्यक्रम हुने र अप्रिल १ मा अमेरिका भरिबाट छानिएर आउने २०० जना प्रतिनिधिहरु सम्मिलित बन्द सत्रको कार्यक्रम हुने अनि सोहि भेलाद्वारा नया नेतृत्व चयन हुने कुरा पनि जानकारी गराइएको छ।

आसन्न अधिवेशनमा नेतृत्का लागि भिम कार्की, जनक राना, टेक गुरुङ, संकर पन्त, प्रिती सगर खत्री आकांक्षीहरु देखिएका छन्।