Hollywoodkhabar advertisement

एक बर्ष पहिला आजैकै दिन अमेरिकामा पहिलो कोभिड १९ बिरामी कन्फर्म भएको थियो

-एक बर्ष पहिला आजैकै दिन अमेरिकामा पहिलो कोभिड १९ बिरामी कन्फर्म भएको थियो
0
shares

एबिसी न्यूजले कोरोनाको समाचार दिने क्रममा एक बर्ष पहिला जनवरी २१, २०२० मा अमेरिकामा पहिलो कोरोना भाइरस डिजिजको बिरामी कन्फर्म भएको स्मरण गराएको छ। चाइनाको हुहानबाट सुरु सुरु भएको नयाँ खाले कोरोना भाइरसले विश्वका सबै मुलुक आक्रान्त पर्यो। यो एक वर्षमा अमेरिकामा ४ लाख ६ हजार मानिसले यसैका कारण ज्यान गुमाएका छन्।

अमेरिकामा सबैभन्दा पहिला वासिंगटन स्टेटको सियाटल शहर नजिकमा यो रोगको बिरामी भेटिएका थिए। करिब ३० बर्ष जति उमेरका उनी हुहानबाट आफ्नो घर फर्केका थिए।सो पहिचान भएको समयमा चाइनाम ६ जनाको ज्यान गएको थियो भने अमेरिका सो रोग भेट्टिनेमा विश्वको पाँचौ देश थियो।

उनलाई उपचार गर्ने डाक्टरले एक एबिसी टेलिभिजनलाइ दिएको अन्तरबार्तामा ति पहिला बिरामीलाइ आइसोलेशनमा राखियो, उनी आत्तिन थाले, चाइनामा मानिसहरु धेरै मरे अनि झनै आत्तिन थाले अन्तत उनलाई ५ दिनको उपचार पछि डिस्चार्ज गरिएको स्मरण गराएका छन्।