-तस्बिर वेब

एकै व्यक्तिले दाँतले काटेर ६४ बोका मारिने अनौठो प्रचलन

Hollywood Khabar December 09,2018 Comments

२५ मंसीर डोटी।सुन्दा अचम्म लाग्न सक्छ।डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ ।त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन्।

प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ।डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ गिरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ।