Rabina Thapa, President Candidate, NRNA USA

प्रवासी मंच र रबिना थापा बीच सहमति टुङ्गो लग्यो: NRNA USA Election

Hollywood Khabar August 31,2017 Comments

कृष्ण के सी/१ सेप्टेम्बर, २०१७
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६, २०१७ मा हुने भएको छ।
निर्वाचन नजिकिंदै जाँदा अध्यक्षका चार प्रत्यासी मध्य प्रमुख प्रतिस्पर्धी रबिना थापा र डा केशब पौडेलबीच आपसी समर्थन लिने र दिने तथा ध्रुवीकरण तिब्र गतिमा चलेको छ। प्रतिमिनेट जसो फरक-फरक रुपमा भएको बैठकले नयाँ मोडमा पुर्याएको छ।
हिजो राति एकापक्षले कृष्ण पोख्रेललाइ समर्थन गर्न गरेको अफरलाइ आफुहरुले नमानेको बताइएको छ। आफ्नो समर्थन र सहकार्य रबिना थापाको टिमसंग नै हुनेछ। तीनदिन अगाडिको कुरामा आफुहरु रहेको कुरा प्रवासी मंचको टीम संयोजन गर्दै बोर्ड सदस्यका उम्मेदवार रहेका, प्रवासी मंचका निवर्तमान अध्यक्ष संजय थापाले जानकारी दिनुभएको छ।
संजय थापाले अब आजबाट संयुक्त रुपमा टिमक प्रचार गरिने समेत जानकारी दिनुभएको छ। उपरान्त हाम्रो समर्थन रबिना थापालाई नै हो, यसमा कुनै कन्फ्यूजन छैन संजय थापाले स्पष्ट रुपमा भन्नुभयो।