Singer Mings Lama

ओमानमा सोनाम ल्होछार हुँदै, मिङ्स लामाले डम्फूमा सेलो नचाउने

Hollywood Khabar December 28,2018 Comments

कृष्ण के सी/अमेरिका

नेपाल तामाङ समाज ओमानले मञ्जुश्री सम्वत् २८५५ फाग ल्हो (सुँगुर वर्ष) तथा सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

संस्थाको पाँचौ प्रस्तुतिको रुपमा यस बर्षको कार्यक्रममा गायिका मिङस् लामाले डम्फूमा सेलो, च्याङ्बा है नाचौं डम्फूको तालैमा लगायत गीतले दर्शक नचाउने भएकी छन्। लामाले हलिउडखबरसँग कुरा गर्दै आफू कार्यक्रमको लागि एकसाइटेड भएको र अन्य कलाकार साथीहरुसँग मिलेर धमाका नै पिट्ने कुरा बताइन।

बहु जाती, बहु भाषी, बहु संस्कृती र बहु चाड-पर्व रहेको नेपालको पहिचान अन्तर्गत रहेका तामाङ समुदायले मान्दै आएको महत्वपूर्ण चाड सोनाम ल्होछारको आयोजना गरिएको हो। यसै शुभ अवसरमा हरेक वर्ष झैं यसपाली पनि तपशिल मिति, समय र स्थानमा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकोले आयोजक संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

आयोजकहरुले कार्यक्रममा गायक सुरज थापा र गायिका मिङ्स लामाको वेजोड प्रस्तुतीका साथ-साथै स्थानीय कलाकारहरूको पनि उत्तिकै उत्कृष्ट प्रस्तुतीहरू रहने जानकारी दिएको छ। साथै कार्यक्रमबाट बचेको रकम नेपालका बिकट गाउँको शैक्षिक बिकासको लागि सहयोग गरिने समेत जानकारीमा उल्लेख छ।

मितिः- ८ फेब्रुअरी २०१९

समयः- दिनको ११ बजे

स्थानः- अलमासा हल, रूवी, मस्कट

टिकेटः- ५ रियाल

पुनश्चः उक्त दिन हलमै नेपाली खानाको ब्यवस्था गरिएको छ

सम्पर्कको लागि

तेजबहादुर तमाङ (९४०९५०२५)

पासाङ तमाङ (९७०२६८०७)

विरोज तमाङ (९६०५७१६२)