-नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा निर्वाचित ओम जैसी

ओम जैसी नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा निर्वाचित

Hollywood Khabar January 09,2020 Comments

२५, पुस,काठमाडौं।काशी सिनेप्लेक्स प्राली सिद्धार्थनगर रुपन्देही र मन काशी सिनेप्लेक्स प्रालि घोराही दाङका अध्यक्ष ओम जैसी नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा निर्वाचित भएका छन्।नेपाल चलचित्र संघको शुक्रबार काठमाडौमा सम्पन्न  ४६औँ साधरणसभाले जैसीलाई लाई पश्चिमाञ्चल सभापतिमा निर्वाचित गरेको हो।संघले मधुसुुदन प्रधानको नेतृत्वमा १६ सदसीय नेपाल चलचित्र संघको केन्द्रिय समिती गठन गर्दै पूर्वाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल र काठमाडौ शाखा गठन गरेको हो।

 

-नेपाल चलचित्र संघको नवनिर्वाचित कार्यसमिति

नेपाल चलचित्र संघको अध्यक्षमा  मधुसुदन प्रधान  निर्वाचित भएका छन् भने सदस्यहरुमा अर्जुन श्रेष्ठ,अशोक शर्मा,कपिल प्रसाद द्वा,देवेन्द्र खडगी,कुवेर शर्मा,निरज कार्की,निरज गुप्ता,भाष्कर ढुंगाना,गोपाल काजी कायस्थ,त्रिरत्न मानान्धर,कैलाश ढकाल,विक्रम पराजुली,गोबिन्द शाही निर्वाचित भएका छन् ।तेसैगरी पुर्वान्चल सभापतिमा चैतन्य बराल ,उपत्यका सभापतिमा मदन मान बज्राचार्यर मध्य सुदुरपश्चिमाञ्चल सभापतिमा डाक्टर सिं गुरुङ निर्वाचित भएको पश्चिमान्चल सभापति ओम  जैसीले बताए ।

नवनिर्वाचित पश्चिमाञ्चल सभापति जैसीले नेपाल चलचित्र संघले दिएको जिम्मेवारी निभाउन आफुले सदैब प्रयास गर्ने भन्दै चलचित्र संचालनमा उल्लेखनिय योगदान दिंदै आएका साना ठुला सबै सिनेमा हलहरुको हक हितमा सदैब लागिपर्ने बताए ।सभापति जैसीले पश्चिमाञ्चल क्षेत्र भित्रका सिनेमा हल संचालकहरुसंग हातेमालो गर्दै अघि बढ्ने भन्दै यो जित र जिम्मेवारी पश्चिमाञ्चलका सबैको भएको बताए।

संघका अध्यक्ष प्रदिप कुमार उदयको अध्यक्षतामा विहिबार र शुक्रबार काठमाडौंमा भएको संघको साधारणसभामाको उद्घाटन सूचना,संचार तथा प्रविधिमन्त्रि गोकुल  बास्कोटाले गरेका थिए।कार्यक्रममा  प्रतिनिधि, बितरक, र हलवाला गरी २ सय प्रतिनिधीको सहभागिता थियो ।