-प्रधानमन्त्री केपी शर्मा ओली ,भारतीय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री ओलीले दुवै देश बनाउने भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिए  

Hollywood Khabar September 15,2019 Comments

३१,भाद्र ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी,हिन्दी र गुजराती भाषामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मंगलबार बिहानै जन्मदिनको शुभकामना दिएका छन्।प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्वीटरमार्फत तीन भाषामा मोदी ६९ औं जन्मदिनको शुभकामना दिएका हुन्।

प्रधानमन्त्री ओलीले‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’भन्दै मोदीलाई मेन्सन गर्दै ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’लेखेका छन्।प्रधानमन्त्री ओलीले‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।