KP Oli, Prachanda, M Nepal

नेकपाका प्रथम र द्वितीय अध्यक्षले नेता नेपाललाइ भने-गल्तिभयो अब गरिदैन

Hollywood Khabar October 21,2018 Comments

अक्टुवर २२, २०१८ सोमबार बसेको नेपाल कम्यूनिष्ट पार्टी-नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालको असन्तुष्टिमाथि छलफल भएको कुरा प्रबक्ता नारायण काजी श्रेष्ठले बताएका छन्।

वरिष्ठ नेता नेपालले आफू बिदेश गएको मौकामा जानकारीबिना प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिको गरेकोप्रति लिखित रुपमा नै विरोध गरेका थिए। बैठकमा सो नेता नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि प्रथम अध्यक्ष केपी शर्मा ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल दुवैले गल्ती भएको र अब फेरि नगर्ने प्रतिबद्धता जनाएको कुरा बताइएको छ।

नेता नेपालको पूर्व बैठकको सो निर्णय सच्याएर पुनः मापदण्ड बनाएर निर्णय गर्नुपर्ने मागलाइ अध्यक्षद्वयले फेरि गल्ती नगर्ने सहमति जनाएपछि प्रदेश नेतृत्व नियुक्ति सम्बन्धी निर्णयलाई बैठकले सदर गरेको छ। प्रबक्ताका अनुसार पार्टी एकताको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बस्ने भएको छ।