-ओली र प्रचण्डको कारबाही प्रतिस्पर्धा

ओली र प्रचण्डको कारबाही प्रतिस्पर्धा

Hollywood Khabar April 07,2021 Comments

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाइ अदालतबाट बिच्छेद गरिदिएपछि नेपाली राजनीतिमा संकट पैदा भएको छ।

नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधब कुमार नेपालपक्षलाइ कारबाही सुरु गरेपछि माओवादी केन्द्रले पनि सोहि बिंडो सुरु गरेको छ।अब नेता र कार्यकर्ता मात्र होइन सांसदहरु माथि कारबाही सुरु भएको छ।

अप्रिल ६, २०२१ मंगलबार नेकपा माओवादी केन्द्रले साधारण सदस्य समेत नरहनेगरी चार सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलाई निष्कासन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेको थियो। उनीहरु एमालेमा प्रवेश गरेका थिए। त्यसपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि सांसदलाई निष्कासन गर्ने प्रक्रिया सुरु गरेका छन्। नागरिक न्यूजका अनुसार ओलीले अब नेपाल समूहमा रहेका ३७ सांसदहरुलाई कारबाही गर्ने कुरा उल्लेख गरको छ।