-ओलीजी तपाईंको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्यो, राजिनामा दिनोस-प्रचण्ड

ओलीजी तपाईंको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्यो, राजिनामा दिनोस-प्रचण्ड

Hollywood Khabar June 29,2020 Comments

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा मुसा खेलाउने र मुसा जस्तै लुकेर बस्ने खेल बल्ल आएर एक तह माथि उठेको छ। नेकपाका दोश्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताएका छन्।

मंगलबार बालुवाटारमा बसेको नेकपाको स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे।

मदन जयन्तीका दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमत्री ओलीले नक्सा प्रकरण र नागरिकता विधेयक पछि भारतले आफूलाई सरकारबाट हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएका पछि यो माग बढेको हो।

यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्, प्रचण्डले बैठकमा भने। प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए।-दर्पण दैनिकबाट।