-अब प्रधानमन्त्री मात्र होइन केपी ओलीले दुवै पद नछाड्ने

अब प्रधानमन्त्री मात्र होइन केपी ओलीले दुवै पद नछाड्ने

Hollywood Khabar July 01,2020 Comments

प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने कुरा बताएका छन्।

जुन ३, २०२० बिहीबार सांझ अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने, पद बाहेक अन्य कुरा मात्र गर्न तयार रहेको बताएका छन्। कान्तिपुरका अनुसार अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ। त्यो बाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु, ओलीले दाहाल र महासचिव पौडेलसँग भने। मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल ओलीसँग कुरा गर्न गएका थिए।