-एकीकृत भन्सार जाँच चौकीको स्वीच अन गरेर उद्घाटन

ओली र मोदीद्वारा एकीकृत जाँचचौकी शुभारम्भ,मोदीले ओलीको निम्तो स्वीकारे  

Hollywood Khabar January 20,2020 Comments

७ माघ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा एकीकृत भन्सार जाँच चौकीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।मंगलबार   प्रधानमन्त्री ओलीले काठमाडौँ र उनका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट कन्ट्रोलबाट एकीकृत भन्सार जाँचचौकीको उद्घाटन गरेका हुन्।एकीकृत भन्सार जाँचचौकीले नेपाल र भारतबीचको व्यापार विस्तार गर्न मद्दत पुग्ने भन्दै प्रधानमन्त्री ओलीले   यसबाट दुवै देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए।भिडियो कन्फ्रेन्सबाटै  प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि भिडियो कन्फ्रेन्सबाटै नेपालको शान्ति, अखण्डता र समृद्धिको कामना गर्दै नवनिर्मित  चौकीले व्यापार, संस्कृति र  शिक्षा क्षेत्रमा सुगमता ल्याउने विश्वास ब्यक्त गरे।भारतीय  प्रधानमन्त्री मोदीले गोरखा भूकम्पबाट भत्किएका निजी घरको पुनःनिर्माणमा भारत सरकारले निरन्तरता दिने भन्दै  मोदीले नेपाल भ्रमणको निम्तो पनि स्वीकार गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण वर्ष सन् २०२० मा  नेपाल आउने बताए। 
    
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नवनिर्मित चौकीले नेपाल भारतबीचको व्यापारमा अत्यन्त सुविधा पुग्ने तथा नेपालमा उत्पादन लागत कम हुने र रोजगारी एवं व्यापारमा सुगमता आउने धारणा राखे ।एकीकृत भन्सार जाँचचौकी आजदेखि सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालय छोटी भन्सार कार्यालय हुने छ । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा बनाइएको छ ।