-प्रधानमन्त्री केपी शर्मा ओली

 प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर आर्मी व्यारेकमा आकस्मिक अवतरण 

Hollywood Khabar May 16,2019 Comments

३, जेठ, चितवन ।लुम्बिनी जान  प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य लुम्बिनी जान चढेको हेलिकोप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।प्रधानमन्त्री ओली आधा घण्टा व्यारेकमा रोकिएको र मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली लुम्बिनी प्रस्थान गरेको चितवन प्रहरीले जनाएको छ।आकस्मिक अवातारंका क्रममा प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।