सत्ता र प्रतिपक्षको भनाभन ओली र देउवाले संसदमै पाए उपनाम 

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

69 views
-प्रधानमन्त्री केपी शर्मा ओली-पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

८ असार,काठमाडौं।प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता र प्रतिपक्षी सांसदबीच उपनामको दोहोरि चलेको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘कर प्रसाद, झुट प्रसाद ओली’को उपनाम दिए भने जवाफमा सत्तारुढ सांसदले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ‘छेरबहादुर देउवा’को उपमा दिए। 

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले झुट सावित भएको बर्तमान सरकारले जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका प्रधानमन्त्री भन्दै  सधै झुट बोल्ने, झुटको आश्वासन दिने, खेती गर्ने गरेकाले उहाँको नाम झुटप्रसाद ओली उपमा दिनमा केही फरकनपर्ने बताएका हुन्। जवाफमा नेकपाका सांसद झपट रावलले प्रधानमन्त्रीको नाम विगारेर, बंग्याएर करप्रसाद, झुटप्रसाद  भनेकोमा आपत्ति जनाउंदै कांग्रेस सभापति शेरबहादुर देउवालाई छेरबहादुर देउवा भने के हुन्छ भनेका हुन्।