-सांकेतिक तस्विर

ओखलढुंगामा बस दुर्घटना:तीन जनाको मृत्यु ,४ जना गम्भीर 

Hollywood Khabar July 08,2019 Comments

२५ असार, ओखलढुंगा ।काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदैगरेको बस ओखलढुंगामा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।मृत्यु हुनेहरुमा बसचालक झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस  सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।घाइते ११ जनाको  दयपुरको घुर्मी अस्पतालमा उपचारका लागि लगिएको  छ भने गम्भीर घाइते ४ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।