-नेपाली महिलाहरुको विश्वो संजाल क्यालिफोर्नियाले आयोजना गरको १११ औं महिला दिवस

नेपाली महिलाहरुको विश्वो संजाल क्यालिफोर्नियाले आयोजना गरको १११ औं महिला दिवस

Hollywood Khabar March 01,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च २, २०२१

नेपाली महिलाहरुको विश्वो संजाल (The Nepali Women’s Global Network-NWGN) को क्यालिफोर्नियाले १११ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम जुमहलद्वारा आयोजना गरेको छ।

करिव एक दशक भन्दा पहिला देखि ८ मार्चमा पर्ने अन्तराष्ट्रिय महिला दिवस मनाउँदै आएको NWGN क्यालिफोर्निया च्याप्टरले यो बर्ष पनि महिला दिवस कार्यक्रमको आयोजना गरेको छ। सुरु देखि नै टाउनहलमा गर्ने गरिएको यो दिवस यसबर्ष भने कोभिड १९ का कारण जुम र्याली मार्फत गरिने भएको छ।

NWGN क्यालिफोर्नियाकी अध्यक्ष विष्णु सुवेदी, महासचिव तारा चालिसे र कार्यक्रम संयोजक शिला थापाका अनुसार कार्यक्रम मार्च ६, २०२१ शनिबार दिनको ४ बजे सुरु भएर ६:३० बजे (PST) समापन हुनेछ। आयोजकहरुले सान फ्रान्सिस्को बे एरियाका सम्पूर्ण नेपाली समुदायलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्। जुम हल आइडी # 89702710901 र पासकोर्ड # 735272 रहेको छ।