-नेपाली महिलाहरुको विश्व संजाल, क्यालिफोर्निया च्याप्टरको नारी दिवस २०२०

नेपाली महिलाहरुको विश्व संजाल, क्यालिफोर्निया च्याप्टरको नारी दिवस २०२०

Hollywood Khabar January 10,2020 Comments

कृष्ण के सी/अमेरिका/१/११/२०

नेपाली महिलाहरुको विश्व संजाल (NWGN) को नर्दन क्यालिफोर्निया च्याप्टरले विगत धेरै बर्ष देखि नारी दिवस कार्यक्रमको आयोजना गर्दै आएको छ।

मार्च ८ लाइ विश्व नारी दिवस भनेर मनाइने चलन छ। यसै उपलक्षमा नेपाली महिलाहरुको विश्व संजालको क्यालिफोर्निया च्याप्टरले पनि सोकार्यक्रमको आयोजना गरेको छ। च्याप्टरले एक प्रेस बिज्ञप्ति जारि गर्दै प्रत्येक बर्ष मनाउँदै आइएको नारी दिवस यो बर्ष मार्च ८, २०२० कै दिन आयोजना गरिएको कुरा जनाएको छ।

क्यालिफोर्निया च्याप्टरले कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ।