कृष्ण के सी/अमेरिका
नेपालमा हालै भएका बलात्कार, हत्या-हिंसा जस्ता जघन्य अपराध गर्नेलाई कडा भन्दा कडा सजाय दिने कानुन बनाउनुपर्छ।
कानुन मुताविक त्यस्ता व्यक्तिहरुलाई कारवाही तुरुन्त हुनुपर्छ। समाजमा हरेक व्यक्तिको जीवन सामान्य रुपमा बाच्न पाउने अवस्थाको प्रत्याभूति दिनुपर्छ भन्ने माग नेपाली महिलाहरुको विश्व संजाल, लस एन्जल्स च्याप्टरले गरेको छ। सेप्टेबर २३, २०१८ मा उनीहरुले सो माग गरेको कुरा संथाकी सारदा श्रेष्ठले हलिउड खबरलाइ जानकारी दिएकी हुन्।
श्रेष्ठका अनुसार नेपालमा भएको कानुनको पूर्व रुपमा पालन गर्दै थप अमन चयनका लागि झन् कडा कानुन बनाउनु पर्ने समेत माग गरिएको छ। बलात्कार पछि हत्या गरिएकी कन्चनपुरको निर्मलाको यति लामो समय सम्म पनि न्यायिक नहुनु राज्यको लापरबाही हो। उक्त घटनाको च्याप्ट घोर बिरोध गर्दै अपराधीलाई सार्बजनीक कारवाही गर्न माग गर्दछ।
NWGN लस एन्जलस द्वारा निर्मलाको हत्यारालाइ तुरुन्त कारवाही गर्न माग
by KRISHNA KC | Updated: 23 Sep 2018
1831 views
