NWGN क्यालिफोर्निया च्याप्टरको हार्दिक निमत्रणा

Hollywood Khabar February 26,2017 Comments

यहि आउदो शनिबार मार्च ११ तारिखका दिन NWGN CA च्याप्टरले अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना गरेकोमा यहाँहरु सबै जनालाई पुन: हार्दिक निमंत्रणा गर्दछु।
"जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु" भन्ने मूल नाराका साथ यस बिशेष कार्यक्रमको आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर "Be Bold for Change" अर्थात् "परिवर्तनका निमित्त साहशिक बन"भन्ने नाराका साथ मनाइदै छ। हामी किन फरक नाराका साथ? भन्ने प्रश्न स्वाभाविक हो र हामी नियतवश नै फरक नाराका साथ कार्यक्रम मनाउदै छौं। हामी अन्तर्राष्ट्रिय नारी दिवसको नारालाई पूर्ण सम्मान र समर्थन गर्दछौं तर जब सम्म हामी आफु स्वयंलाई चिन्न सक्दैनौ, शिक्षित अनि संगठित हुन् सक्दैनौ, न त हामी स्वतन्त्र हुन सक्छौ न त साहशिक नै। तसर्थ चाहे परिवर्तनको लागि होस् चाहे स्वतन्त्र हुनको लागि होस्, जब सम्म हामी "हामी स्वयम्लाई चिन्न सक्दैनौ" कुनै पनि परिवर्तन सम्भव छैन।


परिवर्तन र स्वन्तन्त्रका निमित्त सर्वप्रथम हामी सक्षम हुनु पर्दछ। त्यसैले NWGN CA च्याप्टरले यस कार्यक्रमबाट उठेको रकमबाट बे एरियामा बसोबास गर्नु हुने दिदिबहिनिहरुको शिप विकासका निमित्त खर्च गरिने निर्णय गरेको पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु। NWGN CA च्याप्टरले महिला उत्थान शब्दमा मात्र सिमित नराखेर व्यवहारमा समेत लागु गर्ने यो एउटा ठुलो र ज्वलन्त उदाहरणको थालनी यसै कार्यक्रमबाट गर्दै छौ।
हाम्रो यस पवित्र अभियानमा सहभागी भइ हामीलाई साथ दिनु हुने छ भन्ने विश्वासका साथ, पुन: हार्दिक निमत्रणा।

कार्यक्रम:
मिति: मार्च ११, २०१७ शनिबार
समय: साँझ ५ बजे
स्थान: बर्कली एडल्ट स्कुल
1701 San Pablo Ave,
Berkeley, CA 94702
टिकट: मात्र $15 (दश बर्ष भन्दा मुनिकालाई निशुल्क)

धन्यवाद,

सुष्मिता खड्का सिजापति
अध्यक्ष
महासचिब
सुनीता भण्डारी थापा