नेपाली महिलाहरुको विश्व संजाल, क्यालिफोर्नियाले गर्यो, पन्त हत्याको घोर भर्त्सना

Hollywood Khabar September 21,2018 Comments

निर्मला पन्तको बलात्कार पछि भएको निर्मम हत्याको घोर भर्त्सना !

नेपाली महिलाहरुको विश्व संजाल (NEPALI WOMEN'S GLOBAL NETWORK- NWGN) महिला हकहित तथा अधिकारको लागि समर्पित भएर अमेरिकामा स्थापित एक मुनाफा-रहित सामाजिक संस्था हो। 

आजभोलि दैनिक रुपमा नेपालमा भएका बलात्कारका घटनाहरुले हामीलाई चिन्तित बनाएको छ। यसले हामी नेपाली महिलाहरुको विश्व संजाल, क्यालिफोर्निया च्याप्टर (NWGN-CA) को बिशेष रुपमा ध्यानाकर्षण गराएको छ। त्यसमा पनि नाबालिकहरु माथि भएको त्यस्ता अमानविय घटनाले हामीलाई झनै बढी मर्माहत तुल्याएको छ। 

यसै संधर्भमा, नेपालको सुदुर पश्चिमकी निर्मला पन्तको बलात्कार पछि भएको निर्मम हत्यालाइ राज्य संयन्त्रबाट कुनै ठोस कारवाही नभएको सबैलाई विधितै छ। यसै सन्धर्भमा NWGN-CA नेपाल सरकारले बलात्कारका जस्तो घटनालाइ गरेको वेवास्ताप्रति घोर भर्त्सना गर्दछ।

NWGN-CA, नेपाल सरकारले यो घटनालाई गम्भीर रूपमा लिएर दोषी र दोषी बचाउन लागेका सबै उपर कडा भन्दा कडा कारवाही गरेर निर्मलाको आत्मालाई शान्ति पुर्याउने काम गर्नुपर्छ। यसका साथै भविष्यमा यस्ता घटना फेरी-फेरी नदोहोरियोस भनेर कडा भन्दा कडा कानून लागु गर्नुपर्छ भन्ने माग गर्दछ। 

निर्मला हत्याकाण्डको न्यायका लागि सहयोग र समर्थन जनाउनु हुने सम्पूर्ण व्यक्ति तथा संघ संस्था प्रति हाम्रो सदैब ऐक्यबद्धता रहने छ।

धन्यबाद!
जय नारी!!!
सुष्मिता खड्का सिजापति 
अध्यक्ष 
NEPALI WOMEN'S GLOBAL NETWORK, California Chapter