NWGN क्यालिफोर्निया च्याप्टरले CRP को ट्रेनिङ्ग आयोजना गर्दै

Hollywood Khabar November 20,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
नेपाली महिलाहरुको विश्व संजाल (Nepali Women’s Global Network-NWGN) सँस्थाको क्यालिफोर्निया च्याप्टले Cardiopulmonary Resuscitation (CPR) ट्रेनिङ्गको आयोजना गरेको छ।
यही डिसेम्वर ३, २०१७ का दिन आयोजना गरिएको सो ट्रेनिङ्गले स्थानिय रुपमा बेबीसिटरको काम गर्नुहुने थुर्पै महिलाहरुको लागि राम्रो सपोर्ट हुनेछ। यस्तो खाले ट्रेनिङ्ग सपिर्टले बेबिसिटर, केयर गिभर जस्ता काम गर्नेहरुको स्तर बढ्नाले कमाइ समेत बढ्नेछ। यति मात्र होइन आफ्नो र परिवार समेतको लागि आवश्यक यो ट्रेनिङ्ग सान फ्रान्सिस्को बे एरियामा भने पहिलो पटक आयोजना गरिएको हो।
NWGN क्यालिफोर्निया च्याप्टरद्धारा आयोजना गरिएको CPR ट्रेनिङ्ग वास्तवमै कामको लागि मात्र नभएर आफ्नो पारिवारिक र व्यक्तिगत जीवनमा समेत आवश्यक पर्ने कुरा बिषय हो। यसै प्रसङ्गमा सँस्थाकी अध्यक्ष सुस्मिता सिजापतिले यो पटक जम्मा २५ जनाको लागि मात्र सो सर्टिफिकेट ट्रेनिङ्ग सिट भएकोले छिटो भन्दा छिटो सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ।
सम्पर्कको लागि:
Susmita Sijapati -6503355889
President , NWGN , CA chapter .
Date- 3rd December, Sunday
(The training will start at 11am sharp- 3pm)
Venue: 460 E Middlefield Rd, Mountain View, CA 94043