-जनसम्पर्क समिति नर्वेको अधिवेशन अप्रिल २८ मा गगन थापा प्रमुख अतिथि

जनसम्पर्क समिति नर्वेको अधिवेशन अप्रिल २८ मा गगन थापा प्रमुख अतिथि

Hollywood Khabar March 29,2019 Comments

पुष्प थापा/जर्मनी
नेपाली जनसम्पर्क समिती नर्वेको तेश्रो अधिबेशन आगामी अप्रिल २८, २०१९ मा नर्वेको राजधानी ओश्लोमा हुने भएको छ।

नेपाली काङ्रेसका केन्द्रिय सदस्य तथा प्रभाबशाली युवा नेता गगन कुमार थापाको प्रमुख आतिथ्यता सम्पन्न हुने उक्त अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न तयारी गरिएको छ। अप्रिल २८, २०१९ मा नर्वेको राजधानी ओश्लोमा अधिवेशनको आयोजना गरिएको छ।

अधिवेशनको तयारी हुँदैगर्दा चुनावी गर्मी पनि तातेर गएको छ। हाल सम्म झन्डै आधा दर्जन ब्यक्तिले सभापति पदको लागि उमेदवार आकांक्षा जाहेर गरिसकेका छन्।

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिको सभापति स्वत: महाधिबेशन प्रतिनिधि बन्न पाउने ब्यबस्था गरेसँगै नेपाली जनसम्पर्क समिती नर्वेको यो अधिबेशन निकै प्रतिश्पर्धात्मक हुने आंकलन गरिएको छ।

अधिवेशनको तयारी एकदमै राम्रो रुपमा गरिएको कुरा नेपाली जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र बिक्रम शाहीले जानकारी गराएका छन्। त्यस्तै अधिवेशनलाई भब्य रुपमा सम्पन्न गराउनको लागि बिभिन्न समितीहरु समेत गठन गरिएको छ। समितिहरुले आफ्नो कामकारवाहीलाई द्रुतरुपमा अगाडी बढाइरहेको कुरा महामन्त्री कबिन्द्र ढकालले जानकारी दिए।

अधिबेशन नजिकदै गर्दा आकांक्षीहरुको संख्या पनि बढ्दै गैरहेको छ। जसमा बर्तमान महामन्त्री कबिन्द्र ढकालले सभापति पदको लागि आफ्नो उम्मेद्वारी यस अघि नै घोषणा गरेकाछन्। संस्थाको स्थापनाकाल देखि नै प्रवक्ता रहदै दोस्रो कार्यकालमा निर्विरोध महामन्त्री चुनिएका ढकाल आउँदो अधिवेशनमा सभापति पदका लागी निकै नै बलिया दावेदार रहेको बुझिएको छ।

यस्तै प्रवक्ता कमल खनाल, सहमहामनत्रीहरु बिष्णु गौतम र देबेन्द्र के सी लगायत राजन सुवेदीले पनि सभापति पदमा नै आफ्नो उम्मेद्वारी हुन सक्ने कुरा बताएका छन्।

अर्को तर्फ एकपक्षको भित्री मनसाय भने बर्तमान सभापति जितेन्द्र बिक्रम शाही नै पुन:एक कार्यकाल सभापतिमा आउनु पर्छ भन्ने रहेको पनि बुझिएको छ। यसको पछाडि उनले संस्थालाई आफ्नो कार्यकालमा नर्वेमा निकैनै चुस्त, दुरुस्त र क्रियाशिल बनाउनु रहेको उक्त पक्षको जिकिर छ। शाही पुन: एक कार्यकाल आउँदा संस्थाले धेरै फड्को मार्न सक्ने उक्त पक्षधरको बुझाई रहेको छ। तर सभापति शाही भने यस कुरामा अहिलेलम्म मौन नै छन्।

यसै गरी महामन्त्री पदको लागि पनि उस्तै प्रतिस्पर्धा हुने देखिएको छ। जसका लागि पारस मिश्रले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन्। अन्य प्रतिस्पर्धीहरुको घोषणा गर्ने क्रममा जारि रहेको बुझिएको छ।

त्यसैगरी नवराज श्रेष्ठ र सुरेश यादव पनि महामन्त्रीका लागी उम्मेद्वारी दिने तयारी गरिरहेको बुझिएको छ।  दुई उपसभापतीपदका लागी भने अहिले सम्म कोपिला गिरी, आविष्कार वास्तोला र जिवन भट्टराईको उम्मेद्वारी आउने बुझिएको छ।

आसन्न नेपाली जन संपर्क समितिको सफल र सक्षम नेत्रित्व छनोट गर्ने अधिबेशनलाई सम्पूर्ण नर्वेबासी नेपालीहरुले मुख्य चसोकासाथ हेरिरहेका छन्।