Chudamani Khanal, Tanahu

शिक्षालाई व्यापारिक अखडा बनाएको भन्दै नेविसंघ तनहुँको ध्यानाकर्षण

Hollywood Khabar August 19,2017 Comments

भदौ ४, तनहुँ । शिक्षालाई व्यापारिक अखडा बनाउँदै तनहुँका केहि शैक्षिक संस्थाहरुले मनोमानी ढंगबाट चर्को शुल्क लिने भन्दै नेपाल विद्यार्थी संघ तनहुँले गम्भीर ध्यानार्कषण भएको जनाएको छ। 
आईतबार नेविसंघ तनहुँका सभापति चुणामणि खनालले विज्ञप्ति जारी गर्दै शिक्षालाई व्यापारिक अखडा बनाएको भन्दै ध्यानार्कषण भएको जनाएका हुन्। शैक्षिक शुल्क, प्रमाणपत्र शुल्क र अन्य विभिन्न शुल्कको वाहानामा जबरजस्ती शुल्क उठाईएको अध्यक्ष खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ। नेबिसंघले शैक्षिक संस्थाहरुले नियम विपरित गरेका गतिविधीहरुको तत्काल अनुगमन गरी दोषिलाई कारबाहीका लागि गरेको मागको बेवास्ता गरेमा कडा रुपमा प्रस्तुत हुने पनि खनालले बताए।