नेविसंघले गर्यो काठमाडौंका प्रमुख क्याम्पसहरुमा तालाबन्दी

Hollywood Khabar January 29,2017 Comments

 
आगामी फागुन १४ गते हुन गइरहेको स्ववियुको चुनावमा २८ वर्षे उमेरको हदबन्दी हटाउन माग गर्दै नेविसंघले सोमबार काठमाडौंका प्रमुख क्याम्पसहरुमा तालाबन्दी गरेको छ । पढाईलाई उमेरको हदबन्दी लाग्दैन भन्दै नेविसंघले  पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा तालाबन्दी गरेको हो। 
यसपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अपनाउने निर्णय गर्दै त्रिभुवन विश्वविद्यालयले घोषित मितिमानै स्ववियु चुनाव गराउने निर्णय गर्दै कार्यतालिकासमेत सार्बजनिक गरिसकेको छ ।हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेको भन्दै नेविसंघले यसपटकका लागि उमेर हद नलगाई प्रत्यक्ष चुनाव प्रणाली अपनाउन माग गरेको छ ।