-नियमित रक्तदाता भएकोमा गर्व गर्दछु, प्रदेश २ प्रमुख झा

नियमित रक्तदाता भएकोमा गर्व गर्दछु, प्रदेश २ प्रमुख झा

Hollywood Khabar April 05,2021 Comments

प्रदेश २ का प्रमुख राजेश झा अहिराजले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गर्नुभएको छ। रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु, प्रमुख झाले रक्तदान पश्चात बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराउनुभएको थियो। रक्तदान गर्नुभएकोमा धन्यवाद पत्र दिनुहुँदै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि वढाइएको बताउनुभयो।

प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो र समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिनुभयो। रक्तदानको लागि कालिमाटी, केन्द्रीय रक्तसञ्चार सेवामा आइपुग्दा उहाँलाई केन्द्रका कर्मचारीहरुले स्वागत् गर्नुभएको थियो।