-सेनाको पृतनापति समन्वयात्मक वैठक २०७५

नेपाली सेनाको पृतनापति समन्वयात्मक वैठक २०७५ को शुभारम्भ

Hollywood Khabar February 26,2019 Comments

२०७५ फाल्गुन १५ गते माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा रक्षा मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा जङ्गी अड्डामा प्रधानसेनापति, पिएसओज रथीबृन्द तथा पृतनापतिहरु सम्मिलित पृतनापति समन्वयात्मक बैठक २०७५ शुभारम्भ भएको छ।

नियमित रुपमा संचालन हुँदै आएको यो बैठक दुई दिनसम्म सञ्चालन हुने छ। उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्नुको साथै राष्ट्रिय विकास निर्माणमा पुर्‍याएको योगदानको समेत उच्च मुल्यांकन गर्नु भयो।

नागरिक सेना सम्बन्धलाई थप प्रभावकारी बनाउन ठोस प्रकियाबाट जान नेपाल सरकारको सधै सहयोग र सकरात्मक भूमिका हुने र राष्ट्रिय महत्वका गढी तथा किल्लाहरु लगाएत चुरे संरक्षणमा समेत नेपाली सेना प्रभावकारी ढंगबाट अगाडि बढ्ने बताउनु हुँदै पृतनापति समन्वयात्मक बैठक २०७५ को सफलताको कामना समेत गर्नु भएको थियो ।

साथै सोही क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सूचना तथा प्रविधि महाशाखाको निरिक्षण समेत गर्नु भएको थियो ।

बलाधिकृत रथी हेमन्त राज कुँवरले स्वागत मन्तव्य राखि समन्वयात्मक बैठकको शुभारम्भ गर्नु भएको थियो। यसै बीच, समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाले आगामी दिनहरुमा नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने छ ।