-फोटो, संघका अध्यक्ष भबन भट्टको फेसबुकबाट

NRNA:राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीले स्वर्ण र कास्य पदक दिलाए, अध्यक्ष भट्टले धन्यवाद दिए

Hollywood Khabar April 14,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१५/१९

गैरआवासीय नेपाली संघको अनुरोधलाई नेपालको राष्ट्रिय खेलकुद भाग लिन पाउने सहमति भएसँगै पहिलो सहभागितामा नै गैरआवासीय नेपाली खेलाडीले स्वर्ण र कास्य पदक जितेका छन्।

राष्ट्रिय खेलकुद प्रतियोगितामा आठौँ राष्ट्रिय खेलकुदमा लन टेनिस तर्फ गैरआवासीय नेपालीले स्वर्ण पदक जितेको छन्। अष्ट्रेलियाका भुषण बज्राचार्यले गैरआवासीय नेपाली संघलाई स्वर्ण दिलाएको कुरा संघका अध्यक्ष भबन भट्टले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

थाईल्याण्डबाट दावा सोनाम शेर्पा र अष्ट्रेलियाबाट अमृत पौडेलले लन टेनिसमै कास्य पदक दिलाएका छन्।

त्यसैगरी जुडो तर्फ अस्ट्रेलियाका मोहन बम अनि मलेसियाका प्रदिप घिमिरे बक्सिंग तर्फ कास्य पदक दिलाएका छन्।

सो बिजयप्रति अध्यक्ष भट्टले पहिलो पटक नै यस्तो ऐतिहाँसिक जित गैरआवासीय नेपालीहरुका लागि गर्वको कुरा भएको बताएका छन्। गैरआवासीय नेपाली संघको झण्डा फहराउने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक प्रति-गैरआवासीय नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फबाट अध्यक्ष भट्टले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।