NRNA NCC USA Official Seal

NRNA:गैरआवासीय नेपाली संघ रासप अमेरिका सदस्य छैनन् चुनाबको दौडाहा

Hollywood Khabar January 15,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी ) अमेरिकाको सदस्य मरिमेट्दा पनि ३०० पुगेन भन्छन बोर्डका आधिकारिक व्यक्तिहरु। लाइफ टाइम पुरानो ७०० जोडेर पनि १००० पुगेको छैन। तर पनि अध्यक्षकै उम्मेद्वार भने बग्रेल्ति निस्केका छन्। मेम्बर ड्राइभ भन्दै टाउन-टाउन दौडाह गर्दै फेसबुकमा पोष्ट गर्दै छन। अघिल्लो पटक १४५०० जति सदस्य भएको भनिएको एनसीसी उपद्रभ नै रामो काम गरेकोले यो पटक १००० नपुगेको भन्छन टिप्पणि गर्नेहरु।

हदै सम्मको बितृष्णा बढेकोले मात्र होइन अमेरिकामा एनआरएन भन्ने नामै सुन्न नचाहनेहरुको संख्या बढेको छ। सायद नेतृत्वले राम्रा काम गरेको भए, आफ्नै सदस्यहरुलाई बन्चरो नहानेको भए, आरोप लगाइए जस्तै मानव तस्करी र अन्य खराब काम नगरेको भए, फेक सदस्य नबनाएको भए, निष्पक्ष निर्वाचन गरेको भए, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रियसँग समेत सहकार्य गर्दै गएको भए, गत २०१७ को काठमाण्डौमा डेलिगेट्सको सिट खाली हुँदा-हुँदै पनि लाइनमा बसेकाहरुलाई नहटाएको भए, सबैलाई मिलाएर जान टेक्ससमा गरेको संझौता कार्यान्वयन गरेको भए, आर्थिक र अन्य कुरा पारदर्शी बनाएको भए यो अवस्था आउने थिएन होला। वेबसाइटमा को सदस्य छन् र को बने भन्ने पनि थाहा नै हुँदैन।

अझै भनौ नेपाली अमेरिकन समुदायलाई फाइदा हुने एउटा मात्र काम पनि गरेको भए परिस्थितिले कोल्टे फेर्ने थियो। यति मात्र होइन कामको सुक्को नभाच्ने अनि खादा ओडन भने होली र पिकनिक समेत भ्याउन ५ घण्टाको फ्लाइट गर्न पछि नहट्ने। बरु काम गरेर यसरी फोकडमा नदौडेको भए मात्र पनि आज ठूलो इज्जत हुनेथियो होला। अलिकति पनि मान्छेहरुलाई दया र माया पलाउने थियो अनि संस्थाको साख जोगिने थियो होला।

जितेकाहरुले फुल स्विङमा पनि २ वर्षमा १००० सदस्य बनाउन नसक्नु भनेको कति ठूलो इज्जत होला ? अन्तत गतिलो नतिजा त परै जाओस एउटा सुन्दर उपमा भने जुर्ने भएको छ। मुद्धा लिएर छिर्ने ४ वर्ष पछि पनि मुद्धा नै लिएर निश्कने।

यो आरोप होइन कि यो अबधिमा गैरआवासीय नेपाली संघ अमेरिकाले एउटा पनि प्रशंसनिया काम गरेको देखिएको छैन। के के गरेका छौ भनेर सोद्धा दुइवटा फेस टू फेस मिटिङ गरियो, एउटा साधारण सभा गरियो भन्छन। मिटिङ र साधारण सभा भनेको त हरेको संस्थाको नियमित काम हो कुनै युद्ध जितेको होइन।

तर पनि आजकल कार्यसमितिका धेरैजसो सदस्यहरुले मेम्बर्शिप ड्राइभ भन्दै फेसबुकमा आ-आफ्नै फोटो सहित फ्लायर पोष्ट गरेका छन्। इनबक्स गरेको पनि देखेको छु कतिपयले त। तर पनि सदस्यहरु जुन रुपमा बन्थ्यो त्यो रुपमा देखिएन। अनि संघका नेताहरुको दौडाहा हेर्दा लाग्छ नमच्चिने पिङको सय झडका भनेको यहि हो।

एउटा त उनीहरु गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदसँग मिलेर जाँदैनन। अब आएर गत काठमाण्डौ बैठकले सम्पूर्ण ८० राष्ट्रका सदस्यहरु आफ्नो वान विण्डो एमआइएस सिष्टमबाट गर्ने निर्णय गरेको छ। त्यसलाई अमेरिकालेका हालका नेतृत्व मध्ये कतिपयले नमान्ने संकेत देखाएका छन्। त्यसको मतलब फेरि पनि फ्लाश ड्राइभको चक्कर बढ्ने प्रष्टै छ। तर यो पटक पनि ग्लोबल एमआइएस सिष्टममा नगए अर्को एनसीसी बन्ने प्रष्टै छ। अनि यो मुद्धावाला नेतृत्वको अर्को उपमा थपिनेछ-संस्था फुटाउने पालाका व्यक्तिहरु।