-गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त

NRNA:गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अमेरिका आउँदै

Hollywood Khabar May 22,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२३/१९

गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष कुमार पन्त अमेरिका आउने भएका छन्।

उपाध्यक्ष पन्त युनाइटेड नेप्लिज एसोशिएसन (UNA) को चौथो सम्मेलनका बिशेष अतिथिको रुपमा अमेरिका आउन लागेका हुन्। उनले मे २३, २०१९ मा आफू अमेरिका आउन लागेको कुरा हलिउडखबरसँग बताएका हुन्। UNA सम्मेलनका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष डा शेष घले र पूर्व आइसिसि सदस्य जमुना गुरुङ भने न्यूयोर्क आइपुगेका छन्। यो सम्मेलन मे २५-२६, २०१९ मा अमेरिकाको न्यूयोर्क शहरमा आयाेजना गरिएको छ।

उपाध्यक्ष पन्तले आफू छोटो समयको लागि मात्र आउने हुनाले अरु थप कार्यक्रम नरहेको कुरा पनि बताए। भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन पश्चात संघका अन्तराष्ट्रिय परिषदका कार्यकारीहरु मध्ये उपाध्यक्ष पन्तको भ्रमण नै पहिलो हो।

उपाध्यक्ष पन्तले केहि व्यक्तिहरुसंग भेटघाट भने गर्ने कुरा थाहा हुन आएको छ। भर्खरै सम्पन्न निर्वाचन पछि अमेरिकाको झुकाव उपाध्यक्ष पन्ततिर बढेको पाइएको छ।