-एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार के सीको २५१ सदस्य निर्वाचन कमिटी गठन

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार के सीको २५१ सदस्य निर्वाचन कमिटी गठन

Hollywood Khabar April 04,2021 Comments

हलिउडखबर, अप्रिल ५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरीकाको २०२१-२०२३ कार्यकालको लागि चुनावको मितिसंगै चुनावी माहौल बढेर गएको छ।

यसै क्रममा सहि उम्मेदवारहरुको छनौट, प्रचार-प्रसार लगाएत सम्पूर्ण चुनावी गतिबिधिहरु सन्चालन गर्न अध्यक्षका उम्मेदवार तिलक के सीको सहकार्य र समन्वय टिमलाई अगाडी बढाउन निर्वाचन ब्यबस्थापन कमिटी गठन गरिएको छ। कमिटी गठनपछि वर्तमान कार्यसमिती सदस्य तथा अध्यक्षका उम्मेदवार तिलक के सीले हलिउडखबरसँग कुरा गर्दै भने, सिण्डीकेट तोडौ नेपाली जोडौ भन्ने मुल नारा सहित आफू अभियान नै लिएर अगाडि आएको बताए।

आफूसँग समन्वय र सहकारी गर्ने अन्य पदका उम्मेदवारहरुलाई अगाडी बढाउन सामाजिक व्यक्तित्व भिम कार्कीको संयोजकत्वमा २५१ सदस्य कमिटि गठन गरिएको कुरा उनले बताए।कमिटीमा बाबुराम सापकोटा सचिव रहेनेगरी अमेरिकाका मुख्य चार क्षेत्रलाई आधार मान्दै ४ जना क्षेत्रीय संयोजक सहीत २५१ जनाको मुल निर्वचन ब्यबस्थापन, प्रचार-प्रसार र समन्वय गर्ने कमीटी गठन गरिएको बताइएको छ।

  • केन्द्रिय संयोजक-भिम कार्की
  • सदस्य सचिव-बाबुराम सापकोटा
  • डिसी महानगर क्षेत्र संयोजक-ईश्वरी दवाडी
  • न्यूयोर्क क्षेत्र संयोजक-सिता खरेल
  • मध्ये पश्चिम क्षेत्र संयोजक-सुन्दर घिमीरे
  • पश्चिम क्षेत्र संयोजक-बिनोद कुईकेल