-एनआरएनए:अध्यक्षका उम्मेदवार के सीको होमटाउनबाट अभियान सुरु, तालिका सहित

एनआरएनए:अध्यक्षका उम्मेदवार के सीको होमटाउनबाट अभियान सुरु, तालिका सहित

Hollywood Khabar April 25,2021 Comments

हलिउडखबर, अप्रिल २५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका बोर्ड सदस्य तथा अध्यक्षका उम्मेदवार तिलक के सीले आफ्नो होमटाउनबाट चुनावी अभियान सुरु गरेका छन्।

मनोनयन पूर्व चुनावी अभियान यात्रा सुरु नगर्ने कुरा गर्दै आएका के सीले मनोनयनको लगत्यै चुनावी अभियान सुरु गरेका छन्। अप्रिल २५ आइतबार उनको होमटाउन विस्कान्सिनबाट आफ्नो चुनावी प्रचार सुरु गरेको कुरा उनले बताए। उसो त के सीले यस पहिला नै २५१ सदस्य चुनाव प्रचार तथा सपोर्ट समिति बनाएका छन्।

यसका साथै अध्यक्षका उम्मेदवार के सीले आगामी मे महिना भरिको चुनावी अभियान तालिका सार्वजनिक गरेका छन्। खासगरी ठुला शहरहरुमा लक्षित गरेर बनाइएको उनको अभियान पूर्व न्यूयोर्क देखि पश्चिम क्यालिफोर्निया सम्म रहेको छ।

चुनावी कार्यतालिका

मे १ र २, २०२१ न्यूयोर्क र आसपास

मे ७ र ८, २०२१ सिकागो र आसपास

मे १५ र १६, २०२१ क्यालिफोर्निया उत्तर र दक्षिण

मे २२ र २३, २०२१ टेकससमा हुनेछ

के सी संबन्धि थप समाचार:

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा तिलक के सीले उम्मेद्वारी दर्ता गरे

एनआरएनए अमेरिका:एकिकृत एनआरएन भन्दै शक्तिशाली टिम समन्वयमा के सी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार के सीको २५१ सदस्य निर्वाचन कमिटी गठन

एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्य तिलक के सी अध्यक्ष पदका उम्मेदवार