-NRNA NCC USA Official LOGO

NRNA एनसीसी अमेरिकाको वेबसाइट महत्वपूर्व समयमा नै किन डाउन हुन्छ ?

Hollywood Khabar May 12,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वेबसाइट आज नचलेको भन्ने फोनकल धेरैतिरबाट आयो।

https://www.nrnusa.org साइट चेक गर्दा साच्चै नचलेको रहेछ। यतिमात्र होइन NRNA.ORG भन्ने आइसीसीको वेबसाइटमा गएर लिंक भएको साइट समेत टेष्ट गर्दा पनि नचलेको पक्का भयो। यसरी वेबसाइट बन्द गर्ने र चलाउने काम भने आकस्मिक होइन।

सदस्यता बनाउने समय पनि अन्तिम समयका २/३ दिन वेबसाइट डाउन भयो। उम्मेद्वारी दर्ता गर्ने समयमा पनि त्यसैगरी वेबसाइट डाउन थियो। कतिपयले उम्मेदवारी नै दिन पाएनन् भन्ने गुनासो पनि आयो। अब निर्वाचनको पूर्व सन्ध्यामा पुगेर फेरी वेबसाइट बन्द भएको छ।

यसबारे एनआरएनए एनसीसी अमेरिकाले कुनै जानकारी दिएको छैन। मिडिया कोअर्डिनेटर बाल जोशीको फोन उठेन। प्रवक्ता बिनोद तिवारीसँग सम्पर्क गर्दा वेबसाइट डाउन भएको छ। कार्यसमितिका साथीहरुसंग सम्पर्क गर्दैछु। तर तिवारीलाइ वेबसाइट कसको कन्ट्रोल छ भन्ने जानकारी आफूलाई नभएको बताए।

यसबारे निर्वाचन आयोगका प्रमुख विश्व बरालसंग सम्पर्क गर्दा फोन उठेन। एनसीसीमा महासचिव बाबुराम लामाले वेब साइट नचलेको पुष्टि गरे। लामाले आइटी कमिटी टिमसंग कन्सल्ट गरेको बताए। महासचिव लामाका अनुसार वेबसाइटको गेटवे अध्यक्ष डा केशब पौडेलसँग मात्र ।