NRNA NCC USA Official LOGO

NRNA अमेरिका चुनाब: १२ सिटको बोर्ड सदस्यमा ३८ उम्मेद्वार, भागबण्डामा को कता?

Hollywood Khabar April 29,2019 Comments

कृष्ण के सी/अमेरिका/४/३०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा १२ सिट बोर्ड सदस्यको लागि ३८ जना प्रतिपर्धी रहेका छन्।

३८ जना मध्ये तीनैजना अध्यक्षका उम्मेद्वारहरुले एक/एक सेट अर्थात १२/१२ जना च्यापे पनि २ जना बाहिरिने अवस्था छ। सबैभन्दा पहिला ११ जनाको लिष्ट अध्यक्षका उम्मेद्वार संजय थापाले निकालेका हुन्। त्यसपछि सुनिल साहको लिष्ट हलिउडखबरलाइ प्राप्त भएको हो। अध्यक्षका अर्का उम्मेद्वार सुर्य लम्सालका टिमका लागि केहि सदस्यको नाम जोडिएको भएता पनि पुरा लिष्ट बाहिर आएको छैन।

यसै बीच बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार सुनिल साहको लागि बनाइएको भनिएको टिमको छनोट गरिएका भनेका बोर्ड सदस्यका उम्मेद्वारहरुमा चेत प्रसाद पौडेल, चित्रा के सी, श्रद्धा अधिकारी, दुर्गा प्रासाद श्रेष्ठ, रविन्द्र उप्रेती, बासुदेव अधिकारी, रामहरी खड्का, शिशि अधिकारी, सत्य चौधरी, पूर्ण चन्द्र बानियाँ, शिव अधिकारी र राजीव श्रेष्ठ रहेका छन्।

त्यसैगरी अध्यक्षका उम्मेद्वार संजय थापाले यसपहिला नै आफ्नो टोली बनाइसकेका छन्। उनको टिममा भुवनेश्वर अधिकारी, छत्र गुरुङ्ग, चुंडा खनाल, देव राज नेउपाने, धर्म विश्वकर्मा, ध्रुव कुमार झा, जीवन जोशी, खिम बहादुर भट्टराई, टंक राज रेग्मी, टेकराज पौडेल, तिलक के सी रहेका छन्। थापाको टिममा एक सिट खाली रहेको छ।

अर्का अध्यक्षका उम्मेद्वार सुर्य लम्सालको टिममा भने हाल सम्म फाइनल लिष्ट बनेको छैन। उम्मेद्वारहुर्को पुरा लिष्ट हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://nrnaelection.nrnusa.org/member/election/ShortlistedCandidates