-सुनिल शाह, NRNA NCC USA अध्यक्ष पदका उम्मेदवार

NRNA NCC USA: सुनिल शाहको उम्मेदवारी घोषणा मार्च ९ शनिबार हुँदै

Hollywood Khabar March 05,2019 Comments

कृष्ण के सी/अमेरिका/३/६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC USA) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बरिष्ठ उपाध्यक्ष सुनिल शाहले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

हलिउडखबरलाइ प्राप्त निमन्त्रणा र जानकरी अनुसार पत्रकार/संचारकर्मी, गैरआवासीय नेपालीहरु, आफन्त र शुभचिन्तकहरुलाई घोषणा कार्यक्रममा निमन्त्रणा गरिएको छ।

आफ्नै होमटाउन टेक्ससमा आयोजना गरिएको उनको घोषणा कार्यक्रममा अरु पदका आकांक्षीहरु समेत उपस्थित रहनेछन। कसैलाई आफूले इण्डोर्श नगरेता पनि कसैले आफूलाई समर्थन गर्दै प्रचार गरे आफूलाइ कुनै अप्ठेरो नहुने कुरा उपाध्यक्ष शाहले बताए। कार्यक्रम दिनको २:३० बजे सुरु हुनेछ।