-NRNA:अमेरिकाज क्षेत्रका डिआरसी नविन शेरचन आरसीका उम्मेद्वार

NRNA:अमेरिकाज क्षेत्रका डिआरसी नविन शेरचन आरसीका उम्मेद्वार

Hollywood Khabar September 09,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१०/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९-२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन संयोजकको लागि उम्मेद्वार हुने भएका छन्।

नेपालको मुस्ताङ्ग जिल्लामा जन्मिएका शेरचन १९९८ मा अमेरिका आएका हुन्। न्यूयोर्कमा आफ्नो ब्यबसाय गरेर बसेका शेरचन एक शान्त स्वभावका व्यक्ति हुन्। गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०११ मा बोर्ड सदस्यबाट उनि प्रवेश भएका हुन्। २०१३ देखि २०१७ सम्म दुइ कार्यकाल सम्म आइसीसी सदस्य थिए। २०१७ को निर्वाचनमा भएन उनि क्षेत्रीय उपसंयोजक निर्वाचित भएपछि यो पटक संयोजकमा उम्मेदवार हुने भएका छन्।

शेरचनले हलिउडखबरसँग कुरा गर्दै भने, म बिस्तारै काम गर्दै खुड्किला चड्दै आएको व्यक्ति हुँ। एक कार्यकाल बोर्ड सदस्य, अनि दुइ कार्यकाल आइसीसी सदस्य अनि क्षेत्रीय उपसंयोजक भएर काम गरे। अब यो पटक भने संयोजक नै भएर काम गर्ने इच्छाले उम्मेदवार हुने निर्णय गरेको छु। आफ्नो कार्यकालमा खासगरी यो क्षेत्रलाई संगठनात्मक रुपमा बलियो भनाएर अन्तराष्ट्रिय स्तरमा दरिलो उपस्थिति, प्रतिनिधित्व र नेतृत्व गर्नको लागि काम गर्ने कुरा उनले बताए।